काँग्रेस संगठित हुनुको विकल्प छैन : महामन्त्री कोइराला

लमजुङ । नेपाली काँग्रेसका महामन्त्री डा‍.शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो ।

याे पनि पढ्नुस  दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आउनुभएका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उहाँले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गर्नुभयो ।

याे पनि पढ्नुस  दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला

“काँग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भन्नुभयो “जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ ।”

स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।

याे पनि पढ्नुस  दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला

कमेन्ट गर्नुहोस्