आफैले पढेको र पढाएको विद्यालयमा पुग्दा भावुक बने प्रचण्ड

चितवन । बोल्दाबोल्दै अकस्मात भावुक बने नेकपा माओवादी केन्द्रक अध्यक्ष प्रचण्ड, नहोउन् पनि कसरी ! मञ्चमा र अगाडितिर सबै आफ्नै गुरु र दौंतरी थिए ।

विद्यालयमा पढेको र आईएस्सी गरेपछि फर्केर पढाउन आएको सम्झिंदा प्रचण्डको गला अवरुद्ध भयो । उनले सबै सहपाठी र गुरुहरुको नाम लिए ।

प्रचण्ड पुगेको थिए चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा । कार्यक्रम थियो ५४ औं वार्षिकोत्सव । प्रचण्डले उक्त अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र समेत प्रदान गरे । 

भावुकतालाई नियन्त्रण गर्दै अध्यक्ष प्रचण्डले शिक्षामा गुणात्मक परिवर्तनको खाँचो रहेको औंल्याए । “चानचुने प्रयासबाट सम्भव छैन । हाम्रो शिक्षा त बेरोजगार पैदा गर्ने भयो ।” प्रचण्डले भने, “रोजगारी र उत्पादनमूलक समुदायको हितका लागि शिक्षा भएन भने हामीले भनेको समृद्धि र विकास असम्भव छ ।”

 

प्रचण्डल बेराजगार पैदा गर्ने नेपालको शिक्षालाई अव बदल्नु आवश्यक रहेको बताए । पढ्ने र पढाउने मात्रै नभई अवको शिक्षा अाविष्कार, उत्पादनमुखी र रोजगारमुखी हुनु पर्ने बताए । प्रचण्डले भने, ‘शिक्षालय त सेन्टर फर एक्सिलेन्स हुनुपर्छ’, शिक्षामा लगानी बढाउनु पर्नेमा पछिल्लो समय घट्दो छ । कम्तिमा पनि कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ ।’

पूर्वाधार र सुविधा नहँदा पनि झुप्रो र रुखमुनि पढाएर पनि यस विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउने नागरिकलाई शिक्षा दिएको र आफू त्यसको हिंसा बन्न पाउँदा खुशी लागेको बताए ।

 

कमेन्ट गर्नुहोस्