मन्त्रीकाे नाम टुङ्ग्याउन माअाेवादी केन्द्रकाे बैठक बस्दै

काठमाडौं, फागुन १४ । मन्त्रीकाे नाम टुंगो लगाउन माअाेवादी केन्द्रकाे बैठक बस्दै छ ।

बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्।

माओवादी कार्यालयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। माओवादीमा वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने करिब निर्णय जस्तै छ। यद्यपि उनको मन्त्रालयको विषय भने टुंगिएको छैन।

उनले सरकारमा उपप्रधानसहित गृहमा रुचि देखाएका छन्। माओवादीमै नेताहरू वर्षमान पुन र जर्नादन शर्माले पनि गृहमै दाबी प्रस्तुत गरेका छन्। माओवादीवाट गिरिराजमणि पोखरेल, पम्फा भुषाल, मातृका यादव, शक्ति बस्नेत, बीना मगर, अमनलाल मोदी, सुदन किराँती, सुरेश राई (हिमाल), देवेन्द्र पौडेल, हरि अधिकारी, चक्रपाणि खनाललगायत नेतामध्येबाट मन्त्री बनाउने गरी रोस्टर तयार भएको छ।

उता एमालेमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुरेन्द्र्र पाण्डे, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, वसन्त नेम्बाङ, प्रेम आले, पार्वत गुरुङ, राजबहादुर बुढालगायत नेता मन्त्रीका लागि लबिङमा छन्। यसअघि नै ओलीले लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाइसकेका छन्।

कमेन्ट गर्नुहोस्