एमालेबाट पोख्ररेल र खतिवडाले शपथ लिदैं

काठमाडौं । पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि नेकपा एमालेबाट दुई मन्त्रीले मात्र शपथ गर्ने भएका छन् ।

एमालेबाट आज महासचिव ईश्वर पोखरेल र डा युवराज खतिवडाले शपथ गर्ने भएका हुन् ।

एमालेबाट महासचिव पोखरेल रक्षामन्त्री बन्ने निश्चित भएको छ । डा युवराज खतिवडा अर्थमन्त्रीमा शपथ लिने भएका हुन ।

सरकारको सिफारिशमा राष्ट्रियसभामा मनोनित भएका खतिवडालगायतका तीन जनाविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधिन छ । र सर्वोच्चले आइतबार शपथ रोक्नका लागि अन्तरिम आदेश दिएको छ । मुद्दाको किनारा नलाग्दासम्म खतिवडा सांसद सदस्य हुने छैनन् ।

कमेन्ट गर्नुहोस्