नवनियुक्त मन्त्रीहरुको शपथ, फोटोफिचर

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्रबाट २२ गरी चार जनालाई मन्त्रीमा नियुक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले माओवादीबाट रामबहादुर थापा ‘बादल’ गृह, मात्रृका यादव, एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षा र युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुलाई सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन ।

साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।

रोशन सापकोटा, रासस

कमेन्ट गर्नुहोस्