नेपाललार्इ पहिलो सफलता, युएइकाे पहिलाे विकेट पतन

काठमाडौं, फागुन १५ । सन २०१९ मा हुने एकदिवसिय विश्वकप क्रिकेटको छनोट खेल्नको वार्मअफ खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् ।

जाम्बाबेमा जारी खेलमा युएई टस जितेर ब्याटिङ राजेको छ । टस जितेर ब्याटिङमा उत्रिएको युएर्इलार्इ पहिलो झट्का लागेको छ ।

नेपालका बलर ललित भण्डारीले युएर्इका रोहन मुस्ताफालार्इ ४ रनमा आउट गराएका हुन् । भण्डारीको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । ताजा अवस्थामा युइर्इ ४ ओभरमा १४ रन बनाएको छ ।

याे पनि पढ्नुस  मनपरी ढंगले चिनीको मूल्य निर्धारण गर्दै उद्योग

मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको हो ।

दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् ।

नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो ।

याे पनि पढ्नुस  प्रवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष

जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ ।

नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेसँग,
दोस्रो खेल २४ गते स्कटल्याण्डसँग,

याे पनि पढ्नुस  आरिफको विष्फोटक व्याटिङः नेपालले दियो मलेसियालाई १८९ रनको लक्ष्य

तेस्रो खेल २६ गते अफगानिस्तानसँग र

अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्