श्रीदेवीको शव दुबई प्रहरीले परिवारलाई बुझायो, भारत ल्याउने तयारी

काठमाडौं, फागुन १५ । श्रीदेवीको शवलाई दुबई प्रहरीले मंगलबार परिवारलाई सुम्पिएको छ। शव भारत ल्याउने तयारी भइरहेको बताइएको छ ।

स्थानीय कानूनका कारण श्रीदेवीको शव ल्याउन ढिलाई भएको हो । गएको शनिबार राति ११ बजे मृत्यु भएको भएपनि अहिले सम्म दुवई प्रहरी शव उनको परिवारलाई दिएको थिएन । दुबइको कानून अनुसार अस्पताल बाहिर भएको मृत्यु विभिन्न प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । जसका कारण ढिलाई भएको बताइएको छ ।

याे पनि पढ्नुस  यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

दुबई प्रहरीले शुरुमा श्रीदेवीको मृत्यु कार्डिक अरेष्टका कारण भएको बताएको थियो तर सोमबार सार्वजनिक गरिएको फोरेन्सिक रिपोर्टले उनको मृत्यु बाथटबमा डुबेर भएको पुष्टी गरेको छ ।

भारतमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्