नेपाललाई अर्को सफलता, युएईको तेस्रो विकेट पतन

काठमाडौं, फागुन १५ । सन २०१९ मा हुने एकदिवसिय विश्वकप क्रिकेटको छनोट खेल्नको वार्मअफ खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् ।

जाम्बाबेमा जारी खेलमा युएईले टस जितेर ब्याटिङ राजेको छ । टस जितेर ब्याटिङमा उत्रिएको युएर्इले ताजा अवस्थामा १६ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ७८ रन बनाएर खेलिरहेको छ ।

१५ औं ओभरको पहिलो बलमा ललित राजवंशिले युएईका रमीज साहनज शून्य रनमा नै आउट गरेका हुन् ।

याे पनि पढ्नुस  नेपाली कामदारको सीप विकासका लागि कतारले नेपालमा कार्यालय खोल्ने

नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।

युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन ।

याे पनि पढ्नुस  नेपाललाई अर्को झट्का, ७ औं विकेट पनि पतन

मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको हो ।

दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् ।

नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो ।

जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ ।

याे पनि पढ्नुस  नेपाललाई पहिलो झट्का, ४३ रन बनाएर अनिल आउट

नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेसँग,
दोस्रो खेल २४ गते स्कटल्याण्डसँग,

तेस्रो खेल २६ गते अफगानिस्तानसँग र

अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

 

कमेन्ट गर्नुहोस्