नेपालद्वारा युएई पाँच विकेटले पराजित

काठमाडौं, फागुन १५ । विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ ।

टस जितर पहिला व्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो ।

१७२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रन बनाए ।  नट अाउट रहेका शरद भेषावकरले ४१ र  अारिफ शेखले २३ रन बनाए ।

बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए ।

मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको थियाे। मंगलबार जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।

युएईका ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले ४२ रन जोडे। ललित राजवंशीको बलमा आरिफ शेखबाट क्याच हुनुअघि उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर तथा कप्तान रोहन मुस्ताफालाई ४ रनको झिनो स्कोरमा ललित भण्डारीले आउट गरे।

यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। उनलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए। रमिज शाहजादलाई राजवंशीले शून्य रनमा आउट गर्दा शैनमान अनवारले १६ रन जोडे। अनवारलाई भण्डारीले करण केसीबाट क्याच गराएका थिए। मोहमद उस्मानलाई पनि भण्डारीले २६ रन बनाएर खेलिरहदा आउट गरे। लगत्तै उनले मोहमद बोतालाई १ रनमा आउट गरे।

दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् ।

नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो ।

जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ ।

नेपालले पहिलो खेल फागुन २० गते जिम्बावेसँग,
दोस्रो खेल २४ गते स्कटल्याण्डसँग,

तेस्रो खेल २६ गते अफगानिस्तानसँग र

अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्