विकासशील राष्ट्रमा जानसक्ने अवस्था छैन : मन्त्रिपरिषद

काठमाडौं, फागुन १६ । सरकारले यसअघि घोषणा गरेको सन् २०२१ सम्म विकासशील राष्ट्रमा जान लक्ष्य पूरा हुने अवस्था नरहेको बताएकाभे

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सन् २०२१ भन्दा अघि विकासशील राष्ट्रमा जानसक्ने अवस्था नरहेको प्रष्टयाउँदै सोही अनुसारको जानकारी राष्ट्रसंघलाई गराउन परराष्ट्र मन्त्रालयलाई भनेको छ ।

याे पनि पढ्नुस  लिबियामा तत्काल युद्धविराम गर्न आग्रह

अल्पविकसित मुलुकको स्तरबाट विकासशील राष्ट्रमा लैजान नेपाललाई आर्थिक तथा मानव सम्पत्तिको जोखिम अझै कायमै रहेकाले सोही अनुसारको पत्राचार संयुक्त राष्ट्रसंघलाई गर्ने प्रस्ताब बैठकले स्वीकृत गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले आर्थिक जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय समुदायसँग सहयोग लिनुपर्ने आवश्यक्ता भएको प्रष्टयाउँदै तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्भावना नरहेको प्रष्टयाएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

सरकारले सन् २०२१ पछि मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयुक्त हुने निष्कर्ष समेत निकालेको छ ।

तत्काल विकासशील मुलुकमा गए नेपालले अल्पविकसित मुलुकको रुपमा पाउँदै आएको सेवा र सुविधा कटौती हुनेछ । त्यसैगरी नेपालसँग तत्काल विकासशील राष्ट्र बन्ने मुख्य आधार प्रतिव्यक्ति आयको मापदण्ड पनि पुगेको छैन ।

याे पनि पढ्नुस  कञ्चनपुर घटनाः मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

कमेन्ट गर्नुहोस्