चंद्रमामा मोबाइल नेटवर्क, अर्को वर्ष उपलब्ध हुनेछ फोर जी

काठमाडौं । चंद्रमामा मानव बस्ती बसाउने, त्यहाँ जीवनका संभावना खोज्ने चर्चाहरू बारम्बार सुनिइराख्च्छन् । त्यहाँ जीवन मिलोस् नमिलोस् तर अब त्यहाँ मोबाइल नेटवर्क भने मिल्ने भएको छ ।

पश्चिमी मीडियाहरूले प्राथमिकताका साथ प्रकाशित गरेको एउटा समाचार अनुसार बहुराष्ट्रिय टेलिकम कम्पनी भोडाफोन चंद्रमामा मोबाइल फोन नेटवर्क पुऱ्याउने तयारी गरिरहेको छ ।

यसका लागि कम्पनीले टेलिकम पूर्वाधार निर्माण कम्पनी नोकिया र कार निर्माता कम्पनी अउडीसँग सहकार्य गर्ने जनाएको छ । अर्को वर्षसम्म चंद्रमामा मानवबस्ती त संभव नहोला तर त्यहाँ मोबाइल नेटवर्क भने उपलब्ध हुने भएको छ ।

याे पनि पढ्नुस  चीन आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै, ८० किमि क्षेत्र उज्यालो हुने !

मंगलवार भोडाफोनले जारी गरेको एउटा बयानमा नासाका अन्तरिक्ष यात्रीहरूले चंद्रमाको सतहमा पाइला राखेको ५० वर्षपछि यस्तो गरिन लागेको भनिएको छ ।

भोडाफोनले भनेको छ नोकियाले यस परियोजनाका निम्ति स्पेस-ग्रेड नेटवर्क तयार गर्नेछ । यो एक प्रकारको हार्डवेयर हुनेछ जसको तौल चिनीको बोराभन्दा पनि कम हुनेछ ।

याे पनि पढ्नुस  चीनले चन्द्रमामा उमारेका बिरुवा चिसो खप्न नसकेर मरे

यस परियोजनाका लागि तीनै कंपनीहरूले बर्लिनस्थित कंपनी पिटीसाइंटिस्टसँग मिलेर काम गरिराखेका छन् । यस मिसनलाई सन २०१९ मा निजी क्षेत्रको कंपनी स्पेस एक्सद्वारा अन्तरिक्षमा पठाइनेछ ।

नोकियाले हाल अत्याधुनिक फाइभ जी प्रविधिमा काम गरिरहेको भएपनि चंद्रमामा भने फोर जी नेटवर्क मात्र उपलब्ध हुने जनाइएको छ । यो मोबाइल नेटवर्क पृथ्वीसम्म हाइ डेफिनिसन स्ट्रीमिंगद्वारा जोडिने भएको छ ।

याे पनि पढ्नुस  Chinese Prez Xi telephones his South Korean counterpart

यसको उपलब्धता पछि चंद्रमामा जाने अन्तरिक्ष यात्रीहरूले आफ्नो घरमा फोन संपर्क गर्नसक्ने मात्र नभई त्यहाँबाट उपलब्ध भिडियो तथा अन्य जानकारीहरूका माध्यमबाट वैज्ञानिक जानकारी संकलन गर्न सजिलो हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्