काठमाडौं, फागुन १७ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्वावे पुगेका नेपाल र हङकङबीचको अभ्यास खेल ओसिलो मैदानका कारण प्रभावित भएको छ ।
क्वेक्वे मैदानमा हुने तय भएको खेल बुधबार राति परेको पानीले मैदान ओसिलो भएपछि खेल प्रभावित भएको हो ।
यसअघि मंगलबार नेपाल र युएईबीचको पहिलो अभ्यास खेलपनि वर्षाका कारण प्रभावित भएको थियो । ओसिलो मैदानका कारण ढिलो गरी शुरु भएको खेल २९ ओभरमा घटाइएको थियो।
सो खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो।
फागुन २० गते (पर्सी) नेपालले विश्वकप छनोटका लागि पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने छ ।
छनोट प्रतियोगितामा नेपाल समूह बी मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
डिभिजन–२ मा समूहको उपविजेता हुँदै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाउन सफल भएको थियो ।