माओवादी नेता टोपबहादुरलाई पितृशोक

काठमाडौं, फागुन १७ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति (गएराति) निधन भएको छ । सन्धिखर्क–९, अर्घाको खाडमा रहेको आफ्नै निवासमा रायमाझीको निधन भएको हो ।

याे पनि पढ्नुस  देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी

रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

कमेन्ट गर्नुहोस्