नियम मिच्ने आठसय सवारी साधन नियन्त्रणमा

होलीको अवसरमा जबरजस्ती गर्ने करीब तीन सय पक्राउ

काठमाडौं, फागुन १७ । ट्राफिक प्रहरीले होलीको अवसरमा नियम उल्लंघन गरी चलाएका आठ सय छवटा सवारी साधन नियन्त्रणमा लिएको बताएको छ ।

त्यसैगरी जबर्जस्ती रङ दल्ने र लोला हान्ने दुईसय ७५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्नेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

याे पनि पढ्नुस  राजधानीमा पानीकाे यस्ताे हाहाकार

त्यसैगरी, प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्