काठमाडौं, फागुन १७ । एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावेमा रहेको नेपाल र हङकङबीचको अभ्यास खेल प्रतिकूल मौसमका कारण रद्द भएको छ ।
जिम्बावेको क्वेक्वे मैदान हुने तय भएको खेल ओसिलो मैदानका कारण प्रभावित बनेको थियो। पछि ३० ओभरको हुने तय भएपछि एक्कासी मौसम खराब भएकाले रद्द गरिएको बताइएको छ ।
यसअघि नेपाल र युएईबीचको पहिलो अभ्यास खेल वर्षाका कारणले प्रभावित भएपछि २९ ओभरमा घटाइएको थियो। उक्त खेलमा नेपालले यएईलाई पाँच विकेटले पराजित गरेको थियो ।
आगामी आइतबारबाट जिम्बावेमा सन २०१९ मा वेलायत र वेल्समा हुने विश्वकपका लागि हुने छनोट खेल हुँदै छ । नेपालले आइतबार नै आयोजक जिम्बावेसँग पहिलो छनोट खेल खेल्ने छ ।