सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सय रुपैयाँले बढेको छ ।

बिहीबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार बजारमा सुनको मूल्य बढेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्