पुनः स्थापना केन्द्रमा आगलागी हुँदा २६ जनाको मृत्यु

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान बाकुस्थित रिपब्लिकन नार्कोलोजिकल सेन्टरमा आगलागी उनीहरुको मृतयु भएको बताइएको छ ।

जलेर गम्भीर घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ।

अग्नी नियन्त्रकहरुको तीन घण्टा लामो प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

याे पनि पढ्नुस  बत्तीबाट सल्किएको आगोबाट कुलेश्वरमा ६० घर जलें (भिडियासहित)

राष्ट्रपति इल्हाम अलियेव घटनास्थल पुगेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समवेदना पठाएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्