ह्वाइट हाउस अगाडि युवकद्वारा आफैंलाई गोली प्रहार गरी आत्महत्या

काठमाडौं, फागुन २० । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि एक युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

वासिङ्टनस्थित ह्वाइट हाउस अगाडिको भिडभाड हुने क्षेत्रमा पुगेका ती युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

भीडको बीचमा गोली चलेको आवाज आएपछि भागदौड मच्चिएको थियो । घटनामा अन्य कुनै मानविय क्षति नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

याे पनि पढ्नुस  अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग

ती युवकको पहिचान भए पनि नाम भने सार्वजनिक गरिएको छैन ।

घटनाको समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने ह्वाइट हाउसमा नरहेको जनाइएको छ । घटनबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्