दुवै सदनका जेष्ठ सदस्यले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, फागुन २० । प्रतिनिधि र राष्ट्रियसभाका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन्।

प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाका तारादेवी भट्टलाई ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराएकी छन्। अब उनीहरुले आ–आफ्नो सभाका अन्य सदस्यलाई सपथ गराउने छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको सपथ क्रमश ४ बजे र ५ बजे बानेश्वरस्थित संघीय संसद भवनमा हुने छ।

ठाकुरले मैथिली भाषामा शपथ लिएका छन्। भट्टले भने नेपाली भाषामा नै शपथ लिएकी थिइन्।

कमेन्ट गर्नुहोस्