चलचित्र ‘हिरोज’ को ट्रेलर र गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेत्री पूर्णिमा लामाको निर्माणमा बनेको चलचित्र ‘हिरोज’को ट्रेलर र गीत सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ट्रेलर र गीत सार्वजनिक गरिएको हो । एनबी महर्जनको निर्देशनमा बनेको चलचित्र आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

याे पनि पढ्नुस  अनमोल केसीको ‘कृ’ फस्टलुक सार्वजनिक

उक्त चलचित्रमा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृतिसँगै प्रेमकथा पनि समेट्ने प्रयास गरिएको छ।

फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ।

शिव ढकाल र रामशरण उप्रेतीले छायांकन गरेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ।

याे पनि पढ्नुस  चलचित्र 'रामकहानी' हेर्न एकसाथ पुगे रेखा र भुवन

हेर्नुहोस् ट्रेलरको भिडियो-

कमेन्ट गर्नुहोस्