बझाङमा डेढ दिन बिराएर बिजुली

बझाङ, फागुन २१ । एसईई परीक्षा नजिकै आइसक्दा पनि बझाङका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ र त्यो पनि जम्मा एक घन्टा ।

कान्तिपुर दैनिकका अनुसार जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत्त सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत्त प्रालिले एसईईको मुखैमा लोडसेडिङ अवधि बढाएर ३६ घन्टा पुर्याएको छ ।

विद्युत्तगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत्त उत्पादन हुन नसकेकाले लोडसेडिङ अवधि बढाइएको कम्पनीले जनाएको छ । -कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्