सोलुखुम्बुमा हाइड्रो पावरको टहरामा आगलागी

सोलुखुम्बु, फागुन २३ । माथिल्लो सोलु हाइड्रो पावरको टहरामा आगलागी हुँदा ५८ लाख रुपैयाँ बढीको क्षति भएको छ। सोलुदूधकुण्ड नगरपालिका- ७ मा रहेको उक्त हाइड्रो पावरमा काम गर्ने कामदारहरू बस्ने टहरामा आगलागी भएर क्षति भएको हो।

विद्युत सर्ट भई छवटा टहरामा आगलागी भएको थियो। एक सय बढी कामदार बस्ने उक्त टहरामा आगलागी हुँदा ५८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।
आगालागीमा परी सोमबार मात्र तलब बुझेका कामदारहरूको नगद २० लाख रुपैयाँ, २५ थान मोवाइल, एक थान ल्यापटप, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोलुदूधकुण्ड नगरपालिकाको दमकल र नेपाल प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

कमेन्ट गर्नुहोस्