राष्ट्रपति ट्रम्पसँग मतभेद बढेपछि आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग मतभेद बढेपछि आर्थिक सल्लाहकारले राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मंगलबार राजीनामा दिने घोषणा गरेको समाचारमा जनाइएको छ । पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरू उत्पन्न भएको बताइएको छ ।

याे पनि पढ्नुस  कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

राजीनामालाई अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्पका सहयोगीको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ । ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुन् ।

विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उनले राजीनामाको घोषणा गरेका छन् । त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो ।

याे पनि पढ्नुस  विश्वमा यस्ता अनौठा यौनकाण्ड पनि हुने गर्दछ

यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको थियो । राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्ति भन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

याे पनि पढ्नुस  भर्जिनियामा स्वर्गीय नेता बास्तोलाप्रति श्रद्धान्जली (फोटोफिचर)

उनले काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरू बढाउने नयाँ कार्यक्रमको घोषणा गरेको अर्को एक समाचारमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्