ओली सरकारको सिफारिशमा राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथका लागि बाटो खुला

काठमाडौं, फागुन २३। ओली सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीन साँसदलाई शपथ ग्रहणको लागि बाटो खुलेको छ ।

राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै राष्ट्रियसभामा मनोनित डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको मनोनयले बैधानिकता पाएको हो ।

बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खुलेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् ।

अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्