रोल्पामा तीन सरकार ! विप्लवकाे जनसरकार र कांग्रेसको छायाँ सरकार पनि

रोल्पा, फागुन २४ । स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ ।

विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ ।

याे पनि पढ्नुस  रोल्पामा दोब्बर मतले वर्षमान अगाडि

आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

‘कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो ।’ कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।

याे पनि पढ्नुस  राेल्पाका जिशिअलार्इ कालोमोसो र जुत्ताको माला

कमेन्ट गर्नुहोस्