राजपा सरकारमा जाने वातावरण बन्दै : महासचिव झा

काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाे बताएका छन् ।

उनले भने “संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको छ । यसलार्इ सकारात्मक मान्नुपर्छ । ”

सोही आधारमा राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्