पारस र ज्ञानेन्द्रकाे जाेडी आउट

काठमाडौं, फागुन २६ । आइसीसी एकदिवशिय विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले तेस्रो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएका छ ।

पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

याे पनि पढ्नुस  नेपाललाई विश्वकप छनोट खेल्नका लागि भोलिको खेल जित्नै पर्नै दवाव

दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । पहिलो विकेटका रुपमा नेपालले अनिलकुमार साहलाई ७ रनमै गुमाएको थियो ।

अहिले ३१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ११६ रन बनाएको छन् । अहिले क्रिजमा दिपेन्द्रसिंह एेरी र रोहितकुमार पौडेलले व्याटिङ गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्