एमालेले जोगाउन खोज्यो रमिते मेयरलाई, यस्तो छ पार्टीको विज्ञप्ति

कैलाली, फागुन २७ । कैलालीको घोडाघोडी नगारपालिका ५ देवकलियामा फागुन २४ गते बोक्सीको आरोपमा २० वर्षीया छात्रा राधा चौधरीमा रामबहादुर चौधरी लगायतको समूहले निर्धात कुटपिट गरेको घटनाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एमाले कैलालीका कार्यबाहक अध्यक्ष रतन थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीमा पनि यस्ता जघन्य घटना घटनु दुखद हो । हाम्रा पार्टी घटनाप्रति घोर भत्सर्ना गर्दै खेद व्यक्त गर्दछ । घटनामा संग्लन रामबहादुर चोधरीलगायतलाई कडा सजाय दन र पीडितको उपचार र क्षतिपूर्तिका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’

साथै घटनाको सत्यतथ्य बुझ्न एमाले जिल्ला कार्यालय सचिव विमल जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेको विज्ञप्तिमा विवादित मेयर ममताप्रसाद चौधरीको बारेमा भने केही उल्लेख गरिएको छैन । पीडित राधा चौधरीले भने मेयर ममताप्रसाद स्कारपियो जिपमा धुलो उडाउदै आएर रमिते बनेर गएको बताएकी छन् ।

पीडित चौधरी लगायतले मेयरको भूमिकाप्रति शंका गरेका छन् । तर एमाले कैलालीले रामबहादुर चौधरी लगायतकालाई कारबाहीको माग गरेपनि मेयर ममताप्रसादका बारेमा भने मौन छ । यसबाट एमालेले अर्को व्यक्त्लिाई दोषी देखाएर रमिते मेयरलाई उन्मुक्त दिन खोजेको त होइन भनी थप शंका उत्पन्न गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

कमेन्ट गर्नुहोस्