गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं, फागुन २८ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ। तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का भएको छ ।

संसद सचिवालयले मनोनयनका लागि सोमबार दिउँसो १ बजेसम्मका लागि दिएको समयसीमाभित्र तिमिल्सिनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

याे पनि पढ्नुस  राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको कार्यकाल ६ वर्ष

बुधबार मात्रै तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए। तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।

कमेन्ट गर्नुहोस्