शिक्षा एेनको नवौं संशाेधन खारेज हुनुपर्छ : उपाध्यक्ष भण्डारी

काठमाडौं, फाल्गुण २८ । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले शिक्षा एेनको नवौं संशोधन खारेज गर्नुपर्ने माग गरेका छन् ।

शिक्षा एेनको नवौं संशोधन र चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगले लिन थालेको अस्थायी शिक्षकहरूको आन्तरिक परीक्षाका विरुद्ध सडक आन्दोलनमा उत्रिएका शिक्षाशास्त्र संकायका विद्यार्थीहरूलाई सम्वोधन गर्दै उपाध्यक्ष भण्डारीले शिक्षा एेनको नवौं संशोधनले एकातर्फ शिक्षक लाईसेन्स प्राप्त गरेका सात लाखभन्दा बढी दक्ष युवाहरूको जीवनमाथी खेलबाड गरेको बताए ।

साथै अर्कोतर्फ विद्यालय शिक्षा अध्ययन गरिरहेका सत्तरी लाख विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारको हनन् भएको समेत ठोकुवा गरे ।

शिक्षा सेवा आयोग आन्तरिक पचहत्तर प्रतिशत र खुल्ला पच्चिस प्रतिशत को प्रतिस्प्रधा बनाएर अन्तरिक भन्दा खुल्ला बढी हुनुपर्ने लोकसेवा आयोगको विश्वव्यापि मान्यता समेत उलंघन भएको छ ।

वाम गठबन्धनको सरकारले यो निर्णयलाइ तत्काल सच्याएर दशौं संशोधनमार्फत नवौं शंसोधन खारेज गर्ने कुरामा जोड दिदै उपाध्यक्ष भण्डारीले शिक्षकको व्यवस्थापन गर्ने नाममा विद्यार्थीहरूको जीवनमाथी खेलवाड नगर्न सरकार र शिक्षा सेवा आयोग लाई चेतावनी समेत दिएका छन् ।

शिक्षा शास्त्र संकाय विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्माले यो आन्दोलन चरणवद्ध रुपमा अगाडि बढ्ने बताएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्