काठमाडौंमा भएको विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोक

ढाका । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

याे पनि पढ्नुस  क्रिकेट बलले लागेर एकको मृत्यु

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । (रासस/सिन्ह्वा)

कमेन्ट गर्नुहोस्