गृहमन्त्री थापालाई किन भेटें अमेरिकी राजदूतले ?

काठमाडौं, चैत १ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउनुभयो ।

याे पनि पढ्नुस  गृहमन्त्रीको गाडीमा साइरन बज्दैन ?

उहाँले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो ।

अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राख्नुभएको थियो ।

याे पनि पढ्नुस  गृहमन्त्री थापा प्रहरी हेडक्वार्टर पुग्दा !

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सो अवसरमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराउनुभयो ।

याे पनि पढ्नुस  प्रशासकले जनताको शासक होइन सेवकको रुपमा काम गर्नुपर्छ–गृहमन्त्री

कमेन्ट गर्नुहोस्