वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फेको उपसभामुखमा उम्मेद्वारी

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा वाम गठबन्धनबाट नेकपा एमालेले डा. शिवमाया तुम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ ।

संसद भवन पुगेर एमाले नेताहरूले तुम्बाहाम्फेको मनोनयन दर्ता गराएका छन्। संघीय समाजवादी फोरमसँग छलफल चलिरहेका कारण एमालेले उम्मेदवार चयन गर्न केही ढिला गरेको भएपनि अन्तिम समयमा उम्मेदवारको टुंगो लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गरेका हुन् । उपसभामुखको उम्मेदवारी दर्ता गर्ने समय आज दिउँसो २ बजेसम्म तोकिएको छ ।

याे पनि पढ्नुस  एमाले स्थायी कमिटीकाे बैठक पार्टी एकता पछिकाे नेतृत्व बाडफाडमा केन्द्रित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसालको उम्मेदवारी दर्ता गराएको छ । यसअघि, कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।

भोलि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले आज उहाँलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन् ।

याे पनि पढ्नुस  एमालेले दुई नम्बर प्रदेशको उम्मेदवार अाजै टुंग्याउने

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

याे पनि पढ्नुस  संसद्को गाडी खरिदमा अर्थको अङ्कुश: २० करोड बजेट माग्दा ३ करोड मात्रै सहमति

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । सभामुख र उपसभामुखमध्ये १ जना महिला हुनुपर्ने र दुबै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।

कमेन्ट गर्नुहोस्