लखनऊ । उत्तर प्रदेशमा भएको उपचुनावमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) पराजित भएको छ ।
साधु नेता योगी आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशमा भाजपालाई पराजित गर्दै पूर्वमुख्यमन्त्री अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले जीत हात पारेको हो । देशैभरि जीत हात पारिरहेको भाजपालाई योगीको प्रदेशमा झट्का लागेको छ । भारतीय पत्रिका नवभारत टाईम्सका अनुसार उत्तर प्रदेशको गोरखपुर र फूलपुरसहित ३ क्षेत्रमा भएको उपचुनावमा बिजेपी पराजित भएको हो ।
योगीलाई मोदीको विरासत सम्हाल्ने नेताका रुपमा समेत हेरिएको थियो । तर, गृहक्षेत्रमै बिजेपी पराजित भएपछि योगीको छविमाथि धक्का लागेको छ ।
गोरखपुर क्षेत्र बिजेपीले २९ वर्षदेखि जित्दै आएको लोकसभा क्षेत्र हो । मुख्यमन्त्री योगी आदित्यनाथको गृहक्षेत्रमै बिजेपी पराजित भएपछि योगीको छविमाथि कडा झट्का लागेको छ । गोरखपुरबाट योगी ५ पटक लगातार सांसद जितेका थिए । गोरखपुर योगीका गुरु गोरक्षनाथ पीठका महन्तको आस्थाको केन्द्र समेत हो ।
गोरखपुर उपचुनावमा योगीले धेरै प्रचार गरेका थिए । तर, त्यहाँ समाजवादी पार्टीले जितेको छ । यसको असर पूर्वी युपीमा हुने आगामी निर्वाचनमा समेत पर्ने अनुमान गरिएको छ । यूपीमा योगीको प्रभावका कारण उनलाई राष्ट्रिय नेताको रुपमा चिन्न थालिएको थियो । योगीलाई मोदीको विरासत सम्हाल्ने नेताका रुपमा समेत हेरिएको थियो । तर, गृहक्षेत्रमै बिजेपी पराजित भएपछि योगीको छविमाथि धक्का लागेको छ ।
योगीको गृहक्षेत्रमै जीत हात पारेपछि प्रतिक्रिया दिँदै समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमुख्यमन्त्री अखिलेश यादवले मुख्यमन्त्री योगी आदित्यनाथकी भाषामा सुधार आउने आशा गरेका छन् । ‘यो जीत दलित र गरीबको जीत हो,’ यादवले भने । लखनऊमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले भने, ‘यो नतिजाले कम्तिमा मुख्यमन्त्रीको भाषामा सुधार आउने छ ।’