भारतमा सैन्य तालिम अनिवार्य गरिँदै, तालिम नलिए सरकारी जागिर नपाइने

नयाँदिल्ली । भारतीय सैनिक फोर्समा भइरहेको युवाको कमी न्यूनिकरण गर्न अनिवार्य सैन्य तालिमको प्रस्ताव गरिएको छ ।

भारतको एक संसदीय समितिले अनिवार्य सैन्य तालिमबारे कर्मचारी एवम् प्रशिक्षण विभागलाई पत्र लेखेको छ । भारतको सरकारी जागिरमा काम गर्न ५ वर्षे सैनिक तालिमलाई अनिवार्य गर्न पत्रमा सिफारिस गरिएको छ ।

कर्मचारी एवम् प्रशिक्षण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । अनिवार्य सैनिक तालिमबारे प्रस्ताव तयार गरेर केन्द्र सरकारलाई पठाउन संसदीय समितिले विभागलाई भनेको छ । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार सरकारी जागिरका लागि सैनिक तालिम अनिवार्य गरिए सशस्त्र सेनामा देखिएको युवाको कमीलाई पूरा गर्न सकिने छ ।

भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

कर्मचारी एवम् प्रशिक्षण विभाग नै केन्द्र सरकारका लागि कर्मचारी सम्बन्धी नियम बनाउने विभाग हो । संसदीय समितिले यो प्रस्ताव रक्षा मन्त्रालयलाई समेत पठाएको छ । भारतीय सेनामा मात्रै हाल ७ हजार अधिकृत र २० हजार सेनाको कमी छ ।

याे पनि पढ्नुस  भारत सरकारको ठूलो निर्णयः सबै जिल्ला अस्पताल र डेन्टल कलेजमा अत्याधुनिक सूर्ति मुक्ति केन्द्र खोलिने

वायुसेनामा १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी छ । भारतीय जलसेनामा समेत १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी रहेको समाचारमा उल्लेख छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् ।

याे पनि पढ्नुस  सूचना लिक भएको भन्दै भारतीय सेनाद्वारा ८९ मोबाइल एपमा प्रतिबन्ध, फेसबुक समेत डिलिट गर्न सैनिकहरुलाई निर्देशन

संसदीय समितिले सिफारिस कार्यान्वयनमा आए सेनामा देखिएको अधिकृत र सेनाको कमी पूरा हुनेछ । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

कमेन्ट गर्नुहोस्