उपसभामुखकाे निर्वाचन आज, तुम्बाहाम्फे र भुषालबीच प्रतिस्पर्धा

काठमाडौं, चैत २ । प्रतिनिधिसभाको उपसभामसुखका लागि एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार काँग्रेसका तर्फबाट भुषालले र एमालेका तर्फबाट तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।
उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

याे पनि पढ्नुस  समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै

यसअघि सभामुखमा कृष्णबहादुर महरालाई समर्थन गरेको काँग्रेसले पनि उपसभामुख आफूले पाउनु पर्ने बताएको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरमले पनि उपसभामुख आफुले पाउनुपर्ने माग गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन फोरमले तीन मन्त्रालयसहित उपसभामुख पद मागेको थियो ।

याे पनि पढ्नुस  निर्वाचन पर्यवेक्षण: सय सदस्यीय युरोपेली टोलीको खर्च ४२ करोड

यसअघिको एमाले माओवादीसहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेले लिने सम्झौता भएको थियो । माओवादीबाट कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।
एमालेबाट उम्मेदवारी दिएकी तुम्बाहाम्फे समानुपातिक सांसद हुन् ।

यसैवीच संविधानमा सभामुख र उपसभामुख फरक पार्टी र फरक लिङगको हुनुपर्ने व्यवस्था छ ।

याे पनि पढ्नुस  बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

एमाले र माओवादी पार्टी एकीकरण हुने तयारी भएकाले पनि यो पद एमालेले केही महिनापछि अर्को दललाई छोड्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्