लामालाई विनाशर्त रिहा नगरे आन्दोलन गर्ने कांग्रेसको चेतवानी

काठमाडौं, चैत २ । नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

शुक्रबार रिपाेर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ ।

याे पनि पढ्नुस  कांग्रेस, माओवादी र मधेसी मोर्चा एक ठाउँ, तराईमा संख्या बढाउने सहमति

उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उहाँले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गर्नुभयो ।

कमेन्ट गर्नुहोस्