हृदयघातबाट कतारमा एक नेपालीको मृत्यु

कतार, चैत्र २ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको हृदयघातका कारण शुक्रबार मृत्यु भएको छ ।

कतारको अल्विदा टेक्निकल सर्ब्जिसेज कम्पनीमा कार्यरत जितन पासवानको काम गर्ने सिलसिलामा गत शुक्रवार हृदयघात भई मृत्यु भएको बताइएको छ ।

बिगत पाँच वर्षदेखि कतारमा रहेका पासवान सर्लाहीको कविलासी नगरपालिका ८ का स्थायी बासी हुन । मृतक पासवानको शव कतारको हमद हस्पिटलमा राखिएको नेपाल धानुक समाज कतारका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए।

याे पनि पढ्नुस  खस क्षत्री सेवा समाज कतारद्वारा गायिका हरिदेवि लाई सम्मान

उनका एक श्रीमति, दुई छोरा र एक छोरी छन।

 

कमेन्ट गर्नुहोस्