नेपाललाई पहिलो झट्का, ज्ञानेन्द्र मल्ल ४ रनमा आउट

काठमाडौं, चैत ३ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी छ ।

जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोड्यो। नेपाललाई जितका लागि १९० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफी व्याटिङ गरेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका छन् । उपकप्तानसमेत रहेका मल्ल पछिल्लो समय खराब फर्ममा छन् । उनले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन ।

अहिले क्रिजमा अनिल साह र पारस खडका रहेका छन् ।

कमेन्ट गर्नुहोस्