२७ ओभरमा सात विकेट पतन, नेपाल दवावमा

काठमाडौं, चैत ३ आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी छ ।

जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोड्यो। नेपाललाई जितका लागि १९० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफी व्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । नेपालले सस्तैमा सात विकेट गुमाएको छ ।

नेपालले सातौं विकेटका रुपमा शक्ति गौचनलाई गुमाएको । त्यसअघि भरपर्दा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी छैटौं विकेटमा २५ रनमा आउट भए । त्यस्ते नेपालले पाँचौं विकेटका रुपमा रोहित पौडेललाई शून्य रनमा गुमाएको छ । त्यसअघि चौथो विकेटको रुपमा आरिफ सेख ५ रनमा आउट भए ।

नेपालको तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का आउट भए। पारस खड्का २२ रनमा आउट भए ।

यस अघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल ४ रनमा र अनिल शाह ८ रन बनाएर आउट भएका छन् । उपकप्तानसमेत रहेका मल्ल पछिल्लो समय खराब फर्ममा छन्

२७ ओभरको समाप्तीमा सात विकेटको क्षतिमा नेपालले ७६ रन बनाएर खेलिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्