डा. केसीको अनशन स्थगित

काठमाडौं, चैत्र ४ । डा. गोविन्द केसीले आइतबारबाट शुरु गर्ने भनिएकोे आमरण अनशन स्थगति गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएसँगै डा. केसीले पूर्व निर्धारित अनसन स्थगित गरेको बताएका हुन ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आजबाट शुरु गर्ने भनिएको अनसन स्थगित गरेको जानकारी दिए । प्रधानन्यायाघिश पराजुलीले राजीनामा दिए पनि उनीमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने डा केसीको माग छ ।

याे पनि पढ्नुस  डा‍. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा भव्य प्रदर्शन

विज्ञप्तिमा भनिएको छ, ‘गोपाल पराजुलीको पदमुक्तिले हाम्रो एउटा माग पुरा भएको छैन । किनकी उनका सबै भ्रष्ट फैसला र क्रियाकलापको छानबिन भएर उनी कारबाहीको दायरामा पुग्नुपर्छ ।’

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन तत्काल सार्वजनिक गर्दै दोषि पदाधिकारीलाई कारबाही गर्न र यही महिना भित्र चिकित्सा शिक्षा अध्यादेशलाई ऐनमा परिणत गर्न डा केसीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

याे पनि पढ्नुस  डा केसीसँगको सहमति अनुरुप सत्तारुढ दलका सांसदद्वारा संशोधन दर्ता

चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रका सुधारको माग गर्दै आमरण शुरु गरेका डा केसी १४ पटक आमरण अनशन बसिसकेका छन् । पछिल्लो समय उनको निशाना भष्ट्राचारविरुद्ध पनि लक्षित छ । आफुले अघि सारेका मागहरु पुरा नभए सत्याग्रहसहितका कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  सरकारलाई डा. केसीकाे तीन दिने अल्टिमेटम

कमेन्ट गर्नुहोस्