उपराष्ट्रपति पुनले ४ बजे शपथ लिने

काठमाडौं, चैत्र ५ । दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपतिमा नन्दबहादुर पुनले सोमबार शपथ लिँदैछ ।

उपराष्ट्रपतिमा पुनले सोमबार दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । उपराष्ट्रपतिको शपथको तयारी पूरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शनिबार उपराष्ट्रपतिका लागि पुनको मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले आइतबार उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्