२३ शव ढाका पठाइँदै

काठमाडौं, चैत्र ५ । युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा गतसाता मृत्यु भएका मध्ये २३ जना बंगाली यात्रुको शव विशेष उडानबाट सोमबार ढाका लगिने भएको छ ।

नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाडौंस्थित बंगलादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा गहिरो दुःख व्यक्त

राजधानी ढाकाबाट शवहरू मृतकका आफन्तलाई बुझाइनेछ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको बताइएको छ । फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।

जसमा २६ जना बंगलादेश नागरिकको मृत्यु भएकोमा २३ जनाको सनाखत भएको छ भने तीन जनाका हुन बाँकी रहेको बताइएको छ ।

याे पनि पढ्नुस  जन्मदै यस्ताे बुढाे जस्तो अनुहार भएका बालक

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीनजना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ।

कमेन्ट गर्नुहोस्