उपराष्ट्रपति पुनद्वारा दोस्रो कार्यकालका लागि शपथ, फोटोफिचर

काठमाडौं, चैत्र ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई शपथ गराइन ।

पुन दोस्रो कार्यकालका लागि शनिबार निर्विरोघ निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले आइतबार मात्रै पुनलाई उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरको थियो ।

शपथ लिएँगै उपराष्ट्रपति पुनलाई छिमेकी देश चीन र भारतका राजदूतलाई बधाइ तथा शुभकामना दिएका छन् ।

तस्वीर : रोशन सापकोटा, रासस

कमेन्ट गर्नुहोस्