नेपाल आउँदै रोबोट सोफिया

काठमाडौँ, चैत ६। कुनै देशको नागरिकता प्राप्त गर्न सफल पहिलो रोबोट मानव सोफिया वुधबार नेपाल आउने भएकी छिन्। ह्युमनोइड रोबोट सोफियालाई साउदी अरबले गत वर्ष अक्टोबरमा नागरिकता प्रदान गरेको थियो।

रोबोट सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिस/डेभलपमेन्ट’ सम्मेलनमा वक्ताका रुपमा सहभागी हुन नेपाल आउन लागेकी हुन्।

याे पनि पढ्नुस  नेपाल र युएइबीचको खेल सुरु, नेपाल फिल्डिङ गर्दै

युएनडिपीकी सञ्‍चार अधिकृत ऋचा रञ्‍जितकारले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्‍न सक्‍छ भन्‍नेबारे मेयर लगायतका सरकारी अधिकारीलाई जानकारी गराउन सोफिया आउन लागेकी हुन्।

बुधबार याक एण्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले सोफियाको प्रमुख अातिथ्यमा कार्यक्रम आयोजना गर्ने भएको छ।

याे पनि पढ्नुस  चिनियाँ रक्षामन्त्री नेपाल आउने

हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।

कमेन्ट गर्नुहोस्