ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री शाक्यको मृत्यु

ललितपुर, चैत ७ । ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालको गेट नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित दुईजना घाइते भएका छन् ।

मंगलबार बेलुकी सवा ७ बजे बा८५प ९२७ नम्बरको पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० बर्षीय चैतमान शाक्य रहेका छन् । गम्भिर घाइते भएका शाक्यको उपचारको क्रममा बिएण्डबी अस्पतालमा गएराति पौने १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार उनका १८ बर्षीय भाई सुभाष सिंहको भने बिएण्डबी अस्पतालमै उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्