पदम र मायाको ‘नाच्दै–गाउँदै पिरती लाउला नि’ गीत युट्युबमा सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं । योगदान म्युजिक प्रालिको प्रस्तुतिमा हाम्रो खेलौं दोहोरीको लोकदोहोरी एल्बम ‘नाच्दै गाउँदै पिरती लाउला नि’ गीतमा गायक पदम विसी र गायिका माया विसीको आवाजमा रहेको गीत युटुवमार्फत बजारमा सार्वजनिक भएको छ ।

पुर्वखोला गाउँपालिका–६, पाल्पामा जन्मिएर विगत २०६४ सालदेखि नेपाली गीत संगीतमा निरन्तर प्रवेश गरेका गायक संगीतकार पदम विसीको कर्णप्रिय आवाजमा गीत बजारमा आएको हो ।

याे पनि पढ्नुस  ‘छेक्यो डाडा’ बोलको गीत तथा भिडियो सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा सिर्जनशील व्यक्तित्व विसीका हालसम्म दुई दर्जनभन्दा बढी गीतहरूमा आफ्नो आवाज दिएका छन् । फुक्यो चोली तुना, डोको राम्रो बुनेको, हिरा टल्केको र सुगम संगीततर्फ तिम्लाई खुशी पार्न, सपना जति जस्ता ३०० भन्दा बढी गीतमा आफ्नो शब्द संगीत भर्नु भएका गायक तथा संगीतकार विसी । बहुआयामिक व्यक्तित्व रहेका छन् । उनले १ हजारभन्दा बढी गीतमा संगित संयोजन (एरेन्ज) गरेका छन् र हाल प्रसन्न म्युजिक प्रालिका प्रबन्ध निर्देशक पनि रहेका छन् ।

याे पनि पढ्नुस  सरोज र आश्माको समूहको बजोड नृत्यको यस्तो सम्झना

जुन हालै सार्वजनिक भएको गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवायुवतीबीचको मायाको वार्तालापलाई निकै मार्मिकरुपमा सुशिला भण्डारीको शब्द सिर्जना र पदम विसीकै लय तथा म्युजिक एरेन्जमा रहेको सोही गीतको छायाँकन भने सन्तोष बस्यालले गरेको भिडियोलाई प्रविन रेश्मी मगरले सम्पादन गरेका छन । निरज सुनाम दिपा रसकोटी मगरको अभिनय रहेको सो गीतमा सुमन थापा मगरले निर्देशन गरेका छन ।

याे पनि पढ्नुस  प्रियंका र आयुष्मान रियलमा इन्गेजमेन्ट, रिलमा विवाहको मण्डपमा देखिँदै

यहाँ क्लिक गरी म्युजिक भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्