ताजा अपडेटः नेप्से परिसूचक ०.८१ प्रतिशतले घट्यो

काठमाडौं । बुधवार नेप्से परिसूचक ० दशमलव ८१ प्रतिशत घटेको छ ।

कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १ घण्टाको व्यापारमा १० दशमलव १४ अंक घटेर १ हजार २ सय ४५ दशमलव ३३ विन्दुमा पुगेको हो ।

यस व्यापार अवधिमा ९७ कम्पनीको ६ सय ५५ पटकको व्यापारमा रू। ३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि शेयर बजार ओरालो लागेको हो ।

बीमा समूहको परिसूचक १ दशमलव १६ प्रतिशत र लघुवित्तको १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

साथै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, जलविद्युतको ० दशमलव ७६, विकास बैङ्कको ० दशमलव ५३, वित्त कम्पनीको ० दशमलव ५१, होटलको शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३९ र अन्य’ समूहको शून्य दशमलव २ प्रतिशत घटेको हो ।

कमेन्ट गर्नुहोस्