मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइयो

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ ।

शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भ¥याङ भत्काइएको हो ।

याे पनि पढ्नुस  पार्टी एकतापछि टूटफूट र गुटबन्दीको अन्त्य हुन्छ – नेता खनाल

सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिनुभयो ।

संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ । रासस

याे पनि पढ्नुस  प्रधानमन्त्री देउवासहित तीन जना अध्यक्षको शनिबार सल्लाघारीमा पुत्ला जल्छ : महेश बस्नेत

कमेन्ट गर्नुहोस्