बलिउडमा सानै उमेरमा गीत गाउने भाग्यमानी नेपाली गायक अस्तित्वसँगको भिडियो अन्तर्वार्ता

विराटनगर, चैत्र ७ । विराटनगरका १९ वर्षीय अस्तित्व हाल मुम्बईमा बस्छन् । बिगत दूई वर्षदेखि गुरु जसराज पन्डितसग संगीत साधनामा रहेका अस्तित्वले अहिलेसम्म तीनवटा हिन्दी फिल्म र ६ वटा हिन्दी गीतमा आफ्नो आवाज दिइसकेका छन् ।

उनी भारतको चर्चित गायन प्रतियोगिता ‘सिंगीङ स्टार’ को पहिलो सिजनमा टप पन्ध्रसम्म पुगेका थिए । हेर्नुस् उनै गायक अस्तित्व संग गरिएको भिडियो कुराकानी । उनले सिंगीङ स्टारको भित्री कुराको बारेमा समेत यो कुराकानीमा खुलाएका छन् ।

याे पनि पढ्नुस  सामुदायिक वन पर्यटकीय क्षेत्र बन्दैछ

सानै उमेरमा उनले लोकप्रिय म्युजिक कम्पनी टि–सिरिज र जी म्युजिकबाट गीत निकाले अवसर पनि पाएका छन् । वाल्यकालदेखि संगीतमय परिवारको वातावरण भएको कारणले पनि अस्तित्वलाई यो क्षेत्रमा आउन सहज भएको उनी बताउछन् ।

परिवारिक वातावरण संगीतमय र साहित्यिक भएका कारण आफूलाई यो क्षेत्रमा अघि बढ्न सहज भएको उनको भनाई छ । उनका हजुरबुबा राजेन्द्र बिमल एक चर्चित साहित्यकार समेत हुन् भने मामा आभास लाभ मैथिली गायनका एक स्टार हुन ।

याे पनि पढ्नुस  एकता प्रतिशत होइन समानता र सहमतिका आधारमा : खनाल

उनी मोरग प्याप्सनले आयोजना गरेको ‘एसबिएससी सिंगीङ स्टार’ पहिलो संस्करणको बिजेता समेत हुन् । अस्तित्वले अन्य थुप्रै प्रतियोगितामा प्रथम हुन भएका छन् । भारतका गोवा, भुपाल, मुम्बई, दिल्लीलगायातका धेरै सहरहरुमा उनले आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन ।

संगीतलाई साधनको रुपमा लिएका अस्तित्व प्राय अर्जित सिंह, भक्तराज आचार्य, नारायण गोपाल लगायतको गीतहरू बढी सुन्छन र उनीहरुलाई नै आफ्नो आइडल माने बताउँछन् ।

याे पनि पढ्नुस  महामन्त्री कोइरालाले भने, 'अतिवादी सोचले राजनीतिक स्थिरता हुँदैन, अाउनुस निर्वाचानमा, सरकार तयार छ'

 

 

कमेन्ट गर्नुहोस्